पौष १८ देखि २० औं लेखनाथ महोत्सव

पाेखरा | मंसिर १७, २०८१

पौष १८ देखि २० औं लेखनाथ महोत्सव

पोखरा:   लेखनाथ उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघले सँयुक्त रुपमा २० औं संस्करणको लेखनाथ महोत्सव २०८१ गर्ने भएको छ ।

लेखनाथमा आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी पौष १८ गतेदेखि माघ १ गतेसम्म महोत्सव सञ्चालन गर्ने जानकारी दिएको हो ।

 

प्रचारप्रसार उपसमितिका संयोजक तथा संघका महासचिव जानुकी पराजुली अधिकारीले पोखरा महानगरपालिका २७ स्थित तालचोकमा उक्त महोत्सव सञ्चालन हुने जानकारी दिइन् । 

 

उनका अनुसार सो महोत्सवमा विभिन्न प्रकारका गरि कुल ३ सय ३६ वटा स्टलहरु रहनेछन् ।

 

उनले अटो प्रदर्शनीका ६ वटा, शैक्षिक तथा ग्रामिण प्रविधिका १२, कृषि प्रदर्शनीका ३६, किचन समाग्रीका २५, मेशनरीका १०, हस्तकलाका १६, गार्मेन्ट तथा रेडिमेटका १ सय ८, जनरल २६, फुड एण्ड बेभरेजका १६, डेरीका ९, नेपाली उत्पादका २२, खानाका १७, बैंक तथा वित्तिय संघसंस्थ तथा प्रायोजकका ३३ वटा स्टल गरी कुल ३ सय ३६ वटा स्टल रहने महासचिव अधिकारीले बताइन् ।

 

उनले स्टल बुकिङ खुला भइसकेको बताउदै यही २४ गतेसम्म बुकिङ गर्न सकिने बताइन् ।

 

महोत्सवलाई सम्पन्न गर्न विभिन्न ९ सदस्यीय निर्देशन समिति, ३९ सदस्यीय सल्लाहकार समिति, ४७ सदस्यीय उपसमिति र १ सय १७ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले बताए ।

 

महोत्सवमा सहआयोजकका रुपमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी रहेको छ । भने, प्रवद्र्धकका रुपमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेको छ ।

 

महोत्सवलाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको छ ।
 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्